काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक संस्थापक सेयर बिक्रीमा रहेका छन्। बैंकका संस्थापक सेयरधनी प्रदीपचन्द्र पोखरेलले ९,९२३.२६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका थिए।
बैंकले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको थियो। तर, संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि निवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सूचना प्रकाशित गरिएको बैंकले स्पष्ट पारेको छ।
प्रचलित कानुनबमोजिम संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।