काठमाण्डौ । सन सेक्युरिटिज प्रा.लि. (स्टक ब्रोकर नं. ६४) ले 'World Investor Week-2026' अन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा लगानी, सेयर बजार तथा वित्तीय सचेतनासँग सम्बन्धित विभिन्न विषयमा सहभागीबीच छलफल भएको थियो। करिब साढे दुई घण्टा चलेको कार्यक्रममा सेयर बजारमा लगानी गर्दा आवश्यक ज्ञान, अनुशासन, जिम्मेवारी तथा वित्तीय सचेतनालगायतका विषयमा विचार तथा अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ता तथा लगानीकर्ताले सेयर बजारलाई केवल कारोबार गर्ने माध्यमका रूपमा नभई ज्ञान, अनुशासन र जिम्मेवार लगानीको संस्कार विकास गर्ने क्षेत्रका रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लगानीकर्ताले आफ्ना जिज्ञासा, अनुभव तथा बजारसँग सम्बन्धित धारणा प्रस्तुत गरेका थिए।
सहभागीबीच भएको अन्तरक्रियाले लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न तथा बजारप्रति जिम्मेवार दृष्टिकोण विकास गर्न सहयोग पुगेको आयोजकको अपेक्षा छ।
कार्यक्रमलाई व्यवस्थित र आत्मीय रूपमा आयोजना गरिएको भन्दै आयोजक सन सेक्युरिटिजप्रति आभार व्यक्त गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।