काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सञ्चालक समितिको अध्यक्षमा जगदीश्वर कर्माचार्य चयन भएका छन्।
कम्पनीको सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यलाई अध्यक्ष चयन गरेको हो। उनले सोही बैठकसमक्ष अध्यक्ष पदको सपथसमेत ग्रहण गरेका छन्।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्राचार गर्दै सञ्चालक पदमा भएको परिवर्तन र अध्यक्ष चयनबारे जानकारी गराएको हो।
ऊर्जा मन्त्रालयले असोज १९ गतेको पत्रमार्फत कम्पनीको सञ्चालक पदमा मनोनयन भई आएका सचिव कर्माचार्यलाई सञ्चालक समितिले अध्यक्ष चयन गरेको जनाएको छ।
एचआईडीसीएल नेपाल सरकारको स्वामित्व रहेको वित्तीय संस्था हो। कम्पनीले जलविद्युत् तथा ऊर्जा क्षेत्रका आयोजनामा लगानी तथा वित्तीय स्रोत परिचालन गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।