सुनको भाउ आजपनि नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो । आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ३ दिन रेकर्ड कायम गर्न सफल भएको छ । तीन दिनको अवधिमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ ।

