सोमबार, भाद्र ८,२०८३ 03:20:14
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 03:20:14
डिप्रोक्स नेपालले बोलायो ३३औँ वार्षिक साधारण सभा
Capital Market

डिप्रोक्स नेपालले बोलायो ३३औँ वार्षिक साधारण सभा

काठमाण्डौ । डिप्रोक्स–नेपालले संस्थाको ३३औँ वार्षिक साधारण सभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ। सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार साधारण सभा बोलाइएको हो।संस्थाका अनुसार साधारण सभा बिहान साढे ११ बजे काठमाण्डौस्थित डिप्रोक्स–नेपाल केन्द्रीय कार्यालय, उपकार मार्ग, थापाथलीमा बस्नेछ।

माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन गरिएको हो।नेप्सेले कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ७६३.६४ रुपैयाँ कायम गरेको छ।

‘एक हजार पुग्छ’ भन्ने हल्लामा खानीखोला किन्दा तीन दिनमै २१ प्रतिशत स्वाहा !
Capital Market

‘एक हजार पुग्छ’ भन्ने हल्लामा खानीखोला किन्दा तीन दिनमै २१ प्रतिशत स्वाहा !

काठमाडौं। कम्पनीको वित्तीय अवस्था, आम्दानीको सम्भावना र सेयर मूल्यको औचित्य नहेरी बजारका ठूला कारोबारीले फैलाएको हल्ला पछ्याउँदा सर्वसाधारण लगानीकर्ता कति छिटो ठूलो नोक्सानीमा पर्न सक्छन् भन्ने डरलाग्दो उदाहरण खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमा देखिएको छ।‘प्रतिकित्ता एक हजार रुपैयाँभन्दा माथि पुग्छ’ भन्ने हल्लाबाट लोभिएका लगानीकर्ताले उच्च मूल्यमा सेयर...

बैंकको ऋणमाथिको ‘एकाधिकार’ तोड्दै सेबोन, कम्पनीलाई बण्ड बेचेर अर्बौं जुटाउने बाटो
Capital Market

बैंकको ऋणमाथिको ‘एकाधिकार’ तोड्दै सेबोन, कम्पनीलाई बण्ड बेचेर अर्बौं जुटाउने बाटो

काठमाडौं। नेपालको सेयरकेन्द्रित पूँजीबजारलाई बहुउत्पादनयुक्त बजारमा रूपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत ऋणपत्र बजार विकासको कानुनी आधार तयार गरेको छ।बोर्डले ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा मात्र सीमित ऋणपत्र निष्कासनको दायरालाई अन्य योग्य संगठित संस्थासम्म...

नेप्सेमा १०.७५ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा १०.७५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । सानीमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।कम्पनीका कुल १० लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत बोनस सेयर अब आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.४८ प्रतिशतले घटेको छ ।  आज १० बीमा...

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘आधारभूत रुपमा बलिया कम्पनी चले बजार फर्किन्छ’
Capital Market

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘आधारभूत रुपमा बलिया कम्पनी चले बजार फर्किन्छ’

काठमाण्डौ । बिहिबारको कारोबारका दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२७ प्रतिशत अर्थात ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४६२.८९ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको ६३ लाख ६० हजार ९२३ कित्ता सेयर किनबेच हुँदा कुल...

लगानीकर्ता टाट पल्टिदै, ब्रोकर मालामाल
Capital Market

लगानीकर्ता टाट पल्टिदै, ब्रोकर मालामाल

काठमाण्डौ । सेयरबजारमा लगानी गरेर लगानीकर्ताले अपेक्षित रिटर्न पाउन नसकिरहेका बेला ब्रोकर कम्पनीहरूको आम्दानी भने करोडौं रुपैयाँमा हुने गरेको छ । बजारमा सेयरको मूल्य बढोस् वा घटोस्, कारोबार हुँदा ब्रोकर कम्पनीहरूले कमिसन पाउने भएकाले उनीहरूको आम्दानी सुनिश्चित हुने गरेको हो ।लगानीकर्ताले सेयर किनबेच गर्दा कारोबार रकमका आधारमा ब्रोकर कम्पनीलाई कमिसन तिर्नुपर्छ ।...

साना किसान विकास लघुवित्तको सञ्चालक परिवर्तन, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त
Capital Market

साना किसान विकास लघुवित्तको सञ्चालक परिवर्तन, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालक समिति पुनर्गठन गर्दै संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरेको छ।संस्थाको सञ्चालक समितिको ९४औँ बैठकले भदौ ४ गते नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका दीपेन्द्र राज काफ्लेको स्थानमा लेखनाथ भुसाललाई नियुक्त गर्ने निर्णय गरेको...

‘मैले कमाएको हरेक रुपैयाँको प्रमाण छ, अरू लगानीकर्ताको स्रोत के?’ : दिपेन्द्र अग्रवाल
Capital Market

‘मैले कमाएको हरेक रुपैयाँको प्रमाण छ, अरू लगानीकर्ताको स्रोत के?’ : दिपेन्द्र अग्रवाल

काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले पूँजीबजारमा लगानी गर्ने ठूलो संख्याका लगानीकर्ताको आम्दानी तथा लगानीको स्रोतबारे गम्भीर प्रश्न उठाएका छन् ।अग्रवालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले कमाएको प्रत्येक रुपैयाँ शुद्ध तथा वैध स्रोतबाट आर्जन गरेको दाबी गरेका छन् । उनले आफूले कमाएको रकमको स्रोत पुष्टि गर्ने प्रमाणसमेत आफूसँग रहेको...

पूँजीबजारमा नयाँ प्रडक्ट ल्याइने, जोखिममा आधारित नियमनमा सेबोनको जोड
Capital Market

पूँजीबजारमा नयाँ प्रडक्ट ल्याइने, जोखिममा आधारित नियमनमा सेबोनको जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पूँजीबजारमा नयाँ–नयाँ प्रडक्ट तथा उपकरण भित्र्याएर बजारमा उत्साह ल्याउनुपर्नेमा जोड दिएका छन् ।स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गते आयोजित नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एसोसिएसनबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले पूँजीबजारको विकासका लागि नयाँ...

सेयर बजारमा सम्पत्तिको स्रोत खोज्ने अख्तियारको प्रस्ताव, लगानीकर्तामाथि निगरानी कडा पार्ने संकेत
Capital Market

सेयर बजारमा सम्पत्तिको स्रोत खोज्ने अख्तियारको प्रस्ताव, लगानीकर्तामाथि निगरानी कडा पार्ने संकेत

काठमाण्डौ । सेयर बजारमा हुने ठूलो लगानीको रकम कहाँबाट आएको हो भन्ने पुष्टि गर्नुपर्ने कानूनी व्यवस्था गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ। सेयर बजारलाई सम्पत्ति शुद्धीकरणका लागि प्रयोग हुनसक्ने जोखिम औंल्याउँदै आयोगले निश्चित रकमभन्दा माथिको सेयर लगानीमा सम्पत्तिको स्रोत पुष्टि गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको हो।आयोगले आर्थिक वर्ष...

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १२.५२६३४ प्रतिशत नगद...

हिमालयन बैंकको ‘१०% डिबेन्चर २०८३’ को अवधि समाप्त हुँदै
Capital Market

हिमालयन बैंकको ‘१०% डिबेन्चर २०८३’ को अवधि समाप्त हुँदै

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ को अवधि समाप्त हुन लागेकाले यसको सूचिकरण खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई अनुरोध गरेको छ।

सेयर बजारमा लगानी तथा कारोबार सुरु गर्नुअघि ध्यान दिनुपर्ने यस्ता छन् पाँच महत्वपूर्ण सुझाव
Capital Market

सेयर बजारमा लगानी तथा कारोबार सुरु गर्नुअघि ध्यान दिनुपर्ने यस्ता छन् पाँच महत्वपूर्ण सुझाव

काठमाण्डौ । सेयर बजारमा लगानी वा कारोबार सुरु गर्ने नयाँ लगानीकर्ताका लागि बजारको आधारभूत ज्ञान, कम्पनीको वित्तीय अवस्था, प्राविधिक विश्लेषण तथा जोखिम व्यवस्थापनबारे स्पष्ट जानकारी हुनु आवश्यक हुन्छ। बजारको अवस्था जस्तोसुकै भए पनि निरन्तर अध्ययन र अनुसन्धानले लगानीसम्बन्धी निर्णयलाई थप व्यवस्थित बनाउन मद्दत पुर्याउँछ।सेयरबजारमा लगानी गदौ कस्ता कुरामा ध्यान...

बेनी सेक्युरिटिज निलम्बनप्रति लगानीकर्ता संघको आपत्ति, ग्राहकको कारोबार तत्काल खुलाउन माग
Capital Market

बेनी सेक्युरिटिज निलम्बनप्रति लगानीकर्ता संघको आपत्ति, ग्राहकको कारोबार तत्काल खुलाउन माग

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ९३ बेनी सेक्युरिटिज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि नेपाल सेयर बजार लगानीकर्ता संघले गम्भीर आपत्ति जनाएको छ। संघले ब्रोकरमाथिको कारबाहीको प्रत्यक्ष असर निर्दोष ग्राहक लगानीकर्तामाथि परेको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेको हो।नेप्सेले भदौ ३ गतेको पत्रमार्फत सिडिएस एण्ड क्लियरिङ...

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल ३ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक...

स्वस्तिक लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

स्वस्तिक लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। संस्थाको सञ्चालक समितिको १९७औँ बैठकको निर्णयअनुसार सभा लहानस्थित विशाल होटलमा बिहान ११ बजे बस्नेछ।सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीको केही दफाहरु संशोधन गर्ने र अन्य ‘घ’...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । सेयरबजारमा आज ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सेयरप्रो सेक्युरिटिज रहेका छन् ।  उच्च बिक्री गर्ने ब्रोकरहरुमा...

नाफा बढे पनि लाभांशमा राष्ट्र बैंकको अंकुश, तीन लघुवित्तले मात्रै २५% लाभांश बाँड्न पाउने
Capital Market

नाफा बढे पनि लाभांशमा राष्ट्र बैंकको अंकुश, तीन लघुवित्तले मात्रै २५% लाभांश बाँड्न पाउने

काठमाण्डौ । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०८२–८३ मा मनग्य नाफा कमाएका छन् । ५० लघुवित्त संस्थाले गत आवमा १२ अर्ब २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५३.११ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्त संस्थाहरुले ४ अर्ब ७५ करोड ६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  गत आर्थिक वर्षमा सबै लघुवित्त नाफामा उक्लिएका छन् । सबैको वितरणयोग्य...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.