काठमाडौं । नबिल बैंक लिमिटेडको प्रवर्द्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेको प्रतिफल वितरण प्रक्रिया सुरु गरेका छन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार नबिल ब्यालेन्स्ड फन्ड–२ (NBF2) ले इकाइधनीलाई ३.५ प्रतिशत करसहित प्रतिफल दिने भएको छ। त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–३ (NBF3) ले २.५ प्रतिशत करसहित प्रतिफल वितरण गर्नेछ।
घोषित नगद प्रतिफल तथा लाभांश योग्य इकाइधनीको हितग्राही खाता (BOID) मा अद्यावधिक गरिएको बैंक खातामा आईपीएसमार्फत जम्मा गर्न सुरु गरिएको कम्पनीले जनाएको छ। यस क्रममा इकाइधनीले आफ्नो बैंक खातामा प्रतिफल वा लाभांश प्राप्त भए–नभएको यकिन गर्न आग्रह गरिएको छ।
बैंक खाता विवरण अद्यावधिक गर्न बाँकी रहेका योग्य इकाइधनीले आवश्यक विवरण अद्यावधिक गरेपछि मात्रै प्रतिफल तथा लाभांश रकम खातामा जम्मा गरिने नबिल इन्भेष्टमेन्ट बैंकिङले स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।