काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सेयर खरिद गर्नका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समयसीमा तोकेको छ।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालय समयभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको विवरण खुलाएर आवश्यक कागजातसहित लिखित आवेदन दिन आग्रह गरेको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा वा प्राप्त आवेदनबाट प्रस्तावित सम्पूर्ण सेयरका लागि माग पूरा नभएमा व्यक्ति वा संस्थालाई समेत संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
बैंकले श्याम सून्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।