बिहीबार, आश्विन २९,२०८३ 01:56:09
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:56:09
Bizshala
Global IME Bank Limited

मानवीय त्रुटिले रोकिएको विन्ध्यवासिनी हाइड्रोको सेयर कारोबार फुकुवा, बोनससँगै १ः१ हकप्रदको प्रस्ताव

Bizshala
मानवीय त्रुटिले रोकिएको विन्ध्यवासिनी हाइड्रोको सेयर कारोबार फुकुवा, बोनससँगै १ः१ हकप्रदको प्रस्ताव
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको धितोपत्र कारोबार फुकुवा गरेको छ।

कम्पनीले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्दा सञ्चालक समितिको बैठक बसेको मितिमा त्रुटि भएको भन्दै स्पष्टीकरण दिएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो। कम्पनीले वास्तविक बैठक २०८३ असोज २७ गते दिउँसो ३ः३० बजे बसेको भए पनि मानवीय त्रुटिका कारण मिति फरक उल्लेख हुन गएको जानकारी नेप्सेलाई गराएको थियो। कम्पनीले बैठकको प्रमाणित निर्णयसमेत पेश गरेपछि नेप्सेले सूचीकृत धितोपत्रको कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। 

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयन हुनेछ। 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यससँगै कम्पनीले चुक्ता पूँजी बढाउने अर्को ठूलो प्रस्ताव पनि अघि सारेको छ। कम्पनीले हाल कायम कुल चुक्ता पूँजी बराबर अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ। हकप्रदबाट प्राप्त रकम कम्पनीको लगानी विस्तार तथा दायित्व व्यवस्थापनमा उपयोग गर्ने योजना छ। 

कम्पनीको वार्षिक साधारणसभा २०८३ कात्तिक १९ गते बुधबार बिहान ९ बजे अनमोल ब्याङ्क्वेट, बंशघाट, काठमाडौंमा आयोजना हुने भएको छ। सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लाभांश, हकप्रद सेयर निष्कासन तथा प्रबन्धपत्र संशोधनलगायत प्रस्ताव पेश गरिनेछ। 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। उक्त मितिअघि नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन्। 

यसैगरी कम्पनीले आफू समेत सेयरधनी रहेको पिपुल्स इनर्जी लिमिटेडले विकास गरिरहेको खिम्ती–२ जलविद्युत आयोजनाका लागि ५० करोड रुपैयाँ बराबरको संस्थागत जमानत (कर्पोरेट ग्यारेन्टी) दिने प्रस्तावसमेत पारित गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.