मानवीय त्रुटिले रोकिएको विन्ध्यवासिनी हाइड्रोको सेयर कारोबार फुकुवा, बोनससँगै १ः१ हकप्रदको प्रस्ताव
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको धितोपत्र कारोबार फुकुवा गरेको छ।कम्पनीले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्दा सञ्चालक समितिको बैठक बसेको मितिमा त्रुटि भएको भन्दै स्पष्टीकरण दिएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो। कम्पनीले वास्तविक बैठक २०८३ असोज २७ गते दिउँसो ३ः३० बजे बसेको भए पनि...

