काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८ करोड ९२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १६ करोड ७६ लाख ८९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १६ करोड ६४ लाख ४६ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा १६ करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। वित्तीय खर्च ३ करोड ६० लाख ६३ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ६२ लाख ९० हजार रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३० करोड ८ लाख रुपैयाँभन्दा बढी छ। कम्पनीको कुल इक्विटी १ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल सम्पत्ति ३ अर्ब २४ करोड २५ लाख रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण तथा अन्य वित्तीय दायित्वसहित कुल दायित्व १ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ हाराहारी रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिकीकरणका आधारमा ३० रुपैयाँभन्दा माथि देखिन्छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२५.३६ रुपैयाँ रहेको छ भने बजार मूल्य ४४२ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।