काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा २१.९५ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ८ करोड ७९ लाख ३३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्री हुने आम्दानी वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ७३ लाख बढी आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड १६ लाख कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सामान्य प्रशासनिक खर्च भने वृद्धि भएको छ । कम्पनीको खर्च ३ करोड १३ लाख रुपैयाँबराबरको सामान्य प्रशासनिक खर्च भएको छ । यस्तो खर्च गत वर्षको समीक्षा अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.३७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११६.८४ रुपैयाँ,प्रतिसेयर मूल्य ५०६ रुपैयाँ,तरलता अनुपात १.६६ गुणा कायम भएके छ ।