काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज गर्दैछन् ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
बिन्ध्यवासिनी हाइड्रोपावरले गत आवका लागि ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै मन्दाकिनी हाइड्रोपावरले पनि गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।