काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।
यसका साथै उक्त बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । सभा मंसिर ६ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको कार्यालयको परिसरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश र गत आवका वित्तीय विवरणलगायतका विभिन्न प्रस्तावहरु पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको कात्तिक २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कमपनीको लाभा.स पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।