काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.४५ प्रतिशतले बढेर १५६५.६८ विन्दुमा उक्लिएको छ ।
त्यस्तै, विकास बैंक समूह १.१९ प्रतिशत, फाइनानस समूह ०.०४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, हाइड्रो समूह ०.२९ प्रतिशत, लगानी समूह ०.५२ प्रतिशत, जीवन बीमा समूह ०.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४० प्रतिशत, निर्जीवन बीमा समूह १.२० प्रतिशत, अन्य समूह ०.६३ प्रतिशत र व्यापार समूह ०.८० प्रतिशतले बढेको छ ।
सेयर बजारका जानकार कविराज तिमिल्सिना भन्छन्, ‘इतिहास हेर्दा असोजको अन्तिमतिर बजारमा सामान्यतया दबाब देखिने गरेको थियो, तर यसपटक बजार उल्टै सकारात्मक बनेको छ। पछिल्लो समय बिक्री दबाब पनि धेरै हदसम्म सकिएको देखिन्छ, जसले बजारलाई माथितर्फ जान सहयोग गर्न सक्छ।’
उनका अनुसार आगामी एक–दुई कारोबार दिनमा समेत बजार सकारात्मक रहने सम्भावना छ। बजार बढ्न सहयोग गर्ने आधारहरू क्रमशः बलियो बन्दै गएकाले आगामी दिनमा सूचकले थप गति लिन सक्ने उनको भनाइ छ।
‘नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए चाडपर्वपछि पनि बजारले स्पष्ट लय समात्न सक्छ,’ तिमिल्सिनाले भने।
आज सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउनेमा एसबीएल डिबेञ्चर रहेको छ । यो ऋणपत्रको मूल्य १३.२१ प्रतिशत वृद्धि भई १५०० रुपैयाँ मूल्य पुगेको छ ।
त्यस्तै, नेपाल एसबिआई बैंक डिबेञ्चरको ८.१८ प्रतिशत, उपकार लघुवित्तको ४.९५ प्रतिशत, एनआइसी एशिया सेलेक्ट ३० को ४.९१ प्रतिशत, नबिल डिबेञ्चरको ४.५५ प्रतिशत, एसबिएल डिबेञ्चरको ४.३५ प्रतिशत, ग्रीन भेन्चर्स लिमिटेडको ४.२० प्रतिशत, नेपाल वेयरहाउसिङ कम्पनीको ३.८६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५७ प्रतिशत र एभरेष्ट बैंक डिबेञ्चरको् ३.२४ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष कम्पनी
आज सर्वाधिक घट्ने कम्पनीमा सगरमाथा जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ६.३२ प्रतिशतले घटेर ४१५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एभरेष्ट कलरको ४.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.७५ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोको ३.६४ प्रतिशत, सिटि होटलको ३.३३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेञ्चरको २.९८ प्रतिशत, एबीबीएल डिबेञ्चरको २.९० प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको २.८९ प्रतिशत, याम्बालिङ्ग हाइड्रोको २.८८ प्रतिशत र श्रृजनशील लघुवित्तको २.८२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।