३३ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘प्लान र पोलिसी सबै राम्रो छ, अब बजार दौडिन मात्रै बाँकी'
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक हाइड्रो समूह २.०६ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह...

