मंगलवार, मंसिर १,२०८३ 03:40:23
  • मंगलवार, मंसिर १,२०८३ 03:40:23
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

Bizshala
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज म्युचुअल फण्ड समूहबाहेक सबै समूह राताम्य भएका छन् । म्युुचुअल फण्ड समूह ०.१२ प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूह १.२१ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.४७ प्रतिशत, विकास बैंक समूह ०.८४ प्रतिशत, फाइनान्स समूह ०.५५ प्रतिशत, हाइड्रो समूह ०.३१ प्रतिशत, लगानी समूह ०.२७ प्रतिशत, जीवन बीमा समूह ०.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६० प्रतिशत, निर्जीवन बीमा समूह ०.६९ प्रतिशत, व्यापार समूह ०.०२ प्रतिशत र अन्य समूह ०.५८ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले चाडपर्व भर्खरै सकिएका कारण लगानीकर्ता अब बिस्तारै बजारतर्फ मुभ भएको बताए  

साथै माहोल सकारात्मक भएकाले मंसिर महिनामा सेयर बजारले सकारात्मक गति लिन सक्ने उनले बताए ।  

उनले घट्दो ब्याजदर, कम्पनीहरूले घोषणा गरिरहेका आकर्षक लाभांश र सुधारिँदो बजार वातावरणले लगानीकर्ताको मनोबल बढाउने विश्वास व्यक्त गरे ।

‘कारोबार राम्रो छ, अब लगानीकर्ता विस्तारै बजारतर्फ फर्किन्छन् । आत्तिनुपर्ने अवस्था छैन र ब्याजदर पनि घट्दो छ, कम्पनीहरूले पनि राम्रो लाभांश दिइरहेका छन्,’ उनले भने, ‘मंसिर महिना बजार बढ्ने महिना हो । बजार बढ्न सक्छ । अहिले धेरै पक्ष सबल देखिएका छन् ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा अप्पर लोहरे खोला हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ ११.८४ प्रतिशत बढेर। ३५९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सेन्ट्रल फाइनान्सको ६ प्रतिशत, एपोलो हाइड्रोको ५.६५ प्रतिशत, कुमारी इक्विटी फण्डको ५.६४ प्रतिशत, माउन्ट एभरेष्ट पावरको ५.५० प्रतिशत, एमबीएल इक्विटी फण्डको ४.८९ प्रतिशत, सानिगाड हाइड्रोको ३.८० प्रतिशत, टक्सार पिखुवा खोला हाइड्रोको ३.७९ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ३.७४ प्रतिशत र मोलुङ हाइड्रोपावरको ३.१६ प्रतिशत बढेको छ ।  

Garima Development Bank
Bizshala
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा भने एभरेष्ट कलर लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ ५.३६ प्रतिशत घटेर ११८२ रुपैयाँ कायम भएको छ।  

त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको ४.८६ प्रतिशत, बिजय लघुवित्तको ४.४९ प्रतिशत, बेनि  हाइड्रोको ४.१२ प्रतिशत, स्वष्तिक लघुवित्तको ३.६६ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६५ प्रतिशत, एनएमबि हाइडब्रिड फण्ड एल–२ को ३.१६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.१३ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको २.८९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको २.८८ प्रतिशत घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.