शुक्रबार, कार्तिक १३,२०८३ 05:50:36
  • शुक्रबार, कार्तिक १३,२०८३ 05:50:36
Global IME Bank Limited

५.४५ अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सामान्य करेक्सन’

Bizshala
५.४५ अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सामान्य करेक्सन’
New Office

काठमाण्डौ । साताको  अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ५ समूहमा हरियाली छाएका छ भने बाँकी सबै समूह राताम्य भएका छन् । विकास बैंक समूह १.६१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३०  प्रतिशत, व्यापार समूह ०.२५ प्रतिशत र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने समूह भने हाइड्रो समूह रहेको छ । यो समूह ०.५७ प्रतिशत घटेर ३६९६ विन्दुमा कायम भएको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.४४ प्रतिशत, फाइनान्स समूह ०.४७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत, लगानी समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३८ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर विश्लेषक सुरज खड्काले अस्वाभाविक घटाई नभई स्वस्थ करेक्सन भएको बताए ।  

पछिल्ला तीन दिन बजार निरन्तर बढेपछि आज सामान्य करेक्सन मात्रै देखिएको र यो स्वाभाविक प्रक्रिया नै भएको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय नीतिगत व्यवस्था र नियमहरू बजारमैत्री नहुँदा सेयर बजार दबाबमा परेको थियो । तर, पछिल्ला दिनमा बजारमा सुधार देखिएसँगै लगानीकर्ताको मनोबल बढेको र कारोबारमा समेत  सकारात्मक गति देखिएको उनले बताए ।  

‘आजको करेक्सनमा लगानीकर्ताले दुईतिन दिन लगातार बढेको बजारबाट नाफा सुरक्षित गर्नु पनि हो’ उनले भने, ‘बजार बढेपछि लगानीकर्ताले सेयर बिक्री गरेर नाफा बुक गर्दा अल्पकालीन रूपमा बजारमा दबाब सिर्जना हुन सक्ने पनि देखिन्छ ।’

आजको गिरावटलाई मात्रै बजार कमजोर भएको संकेतका रूपमा लिनुभन्दा पनि पछिल्लो वृद्धिपछिको सामान्य करेक्सनका रूपमा बुझ्नुपर्ने उनको धारणा छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी

आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयरभाउ १४.९९ प्रतिशत बढेर ७०९.७० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, स्वाबलम्बन लघुवित्तको १२.११ प्रतिशत, लुम्बिनी विकास बैंकको ७ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.४४ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तको ३.७३ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.५९ प्रतिशत, त्रिशुली जलविद्युतको ३.५५ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३.५४ प्रतिशत र हिमालयन रि को ३.१५ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Bizshala
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा मेन्छियाम हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ ४.०८ प्रतिशत घटेर २५६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सुपर खुदी हाइड्रोपावरको ३.७८ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशत, याम्बालिङ्ग हाइड्रोको ३.३८ प्रतिशत, कालङ्गा हाइड्रोको ३.१७ प्रतिशत, सानिमा इक्विटी फण्ड–२ को ३.०५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को ३ प्रतिशत, एसबीएल डिबेञ्चरको २.९९ प्रतिशत, बलेफी हाइड्रोपावरको २.९० प्रतिशत र भगवती हाइड्रोपावरको २.८३ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.