शुक्रबार, कार्तिक २०,२०८३ 04:27:30
  • शुक्रबार, कार्तिक २०,२०८३ 04:27:30
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Bizshala
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३३६ कम्पनीको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज अन्य समूहबाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा निर्जीवन बीमा समूह ०.६३ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.०९ प्रतिशत, विकास बैंक समूह ०.२६ प्रतिशत, फाइनान्स समूह ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, हाइड्रो समूह ०.२५ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०८ प्रतिशत, म्युचुअल फण्ड ०.५३ प्रतिशत र व्यापार समूह ०.०८ प्रतिशतले बढेको छ ।  

अन्य समूह भने ०.८८ प्रतिशत घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता कविराज तिमिल्सिना भन्छन्, ‘अहिले बजार बढ्नका लागि आधारहरु सकारात्मक देखिएका छन् । यतिबेला चाडपर्वको माहोल छ, सबैजना चाडपर्वमै केन्द्रित देखिएकाले पछिल्लो दुईतिन दिनयता बजारमा भोल्युम नदेखिएको हो, नत्र बजारमा केहीदिन अघि राम्रै भोल्युम आएको थियो । धितोपत्र  बोर्डले समेत बजारमा सुधार ल्याउन विभिन्न नीतिहरु ल्याइरहेको छ, अब लगानकिर्ताले आफ्नो मनोबल उच्च बनाउने हो भने बजारमा सुधार देखिने सम्भावना छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । यो कम्पनीको सेयरभाउ १४.०८ प्रतिशत बढेर ११९२ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, बेनी हाइड्रोपावरको ५.७८ प्रतिशत, आरबीसीएलको ३.४२ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ३.१९ प्रतिशत, चिरख्वा हाइड्रोको ३.१८ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ३ प्रतिशत, ग्लोबल आइएमई डिबेञ्चरको ३ प्रतिशत, एसबीएल डिबेञ्चरको २.९२ प्रतिशत, माउन्त एभरेष्ट पावरको २.९४ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको २.८९ प्रतिशतले बढेको छ । 

Garima Development Bank
Bizshala
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा घोराही सिमेन्टसको ४.४३ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३.७० प्रतिशत, कालिञ्चोक दर्शनको २.७० प्रतिशत, गुराँस लघुवित्तको २.६४ प्रतिशत, कुमारी सबल योजनाको २.३५ प्रतिशत, निफ्रा उर्जा ऋणपत्रको २.३४ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको १.८८ प्रतिशत, बुटवल पावरको १.७० प्रतिशत, भुजुङ्ग हाइड्रोपावरको १.६२ प्रतिशत र नेरुडे मिर्मिरे लघुवित्तको १.६२ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.