बिहीबार, आश्विन १,२०८३ 04:47:38
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 04:47:38
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ताको कन्फिडेन्स बढ्दै

नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ताको कन्फिडेन्स बढ्दै
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ११ समूहमा हरियाली छाएको छ भने २ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा  जीवन बीमा समूह रहेको छ । यो समूह आज १.०८ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.५८ प्रतिशत, विकास बैंक समूहह ०.३८ प्रतिशत, फाइनान्स समूह ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत, हाइड्रो समूह ०.६३ प्रतिशत, लगानी समूह ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६५ प्रतिशत, निर्जीवन बीमा समूह ०.०५ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले बढेको छ ।  

यता दुई समूह भने घटेको छ । लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘लगानीकर्ताहरुमा विस्तारै–विस्तारै कन्फिडेन्ट आउन थालेको छ । बजारमा भोल्युम पनि केही बढेको देखिन्छ । बजारले ‘बटम जोन’ छोडेको देखिन्छ । लगानीकर्ताहरु लाभांश घोषणा कम्पनीतर्फ मुभ भएको देखिएको छ । सरकारले यसरी नै लगानीकर्ताको मनोबल बढाउने गतिविधि गर्दै जाने हो भने बजार पनि विस्तारै बढ्दै जाने देखिन्छ ।’

Shivam Cement
Bizshala
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त रहेको छ । कम्पनीको सेयरभाउ १२.४३ प्रतिशतले बढेर १२४८ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ६.४४ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ५.५१ प्रतिशत, एनएबि हाइब्रिड फण्ड एल–२ को ४.४९ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.१९ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ३.९८ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ३.८५ प्रतिशत, सिद्धार्थ बैंकको ३.७१ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोको ३.५३ प्रतिशत र सामलिङ पावरको ३.४९ प्रतिशतले बढेको छ ।  

Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

सर्वाधिक गुमाउने कम्पनीमा भने हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ २.९७ प्रतिशतले घटेर ५८८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सानिमा लार्ज क्याप फण्डको २.९५ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को २.८९ प्रतिशत, १०.१५% प्राइम डिबेञ्चर २०८४ को २.८० प्रतिशत, सीवाइसी नेपाल लघुवित्तको २.८० प्रतिशत, एभरेष्ट बैंक डिबेञ्चरको २.७९ प्रतिशत, श्रृजनशील लघुवित्तको २.७८ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोको २.७५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.७१ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–२ को २.६२ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.