काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज सबै समूहका उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी बैंकिङ समूह बढेको छ। बैंकिङ समूह १.२८ प्रतिशतले बढेर १५१७ विन्दुमा पुगेको छ। बैंकिङ समूहको वृद्धिले समग्र नेप्से परिसूचकलाई समेत टेवा दिएको देखिएको छ।
त्यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, फाइनान्स समूह ०.३३ प्रतिशत, होटल तथा पर्यटन ०.९० प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत, लगानी ०.१६ प्रतिशत, जीवन बीमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, लघुवित्त ०.१७ प्रतिशत, म्युचुअल फण्ड ०.४० प्रतिशत, निर्जीवन बीमा ०.१८ प्रतिशत, व्यापार ०.३७ प्रतिशत र अन्य समूह ०.२८ प्रतिशतले बढेको छ।
सर्वाधिक कमाउने कम्पनी
आज सर्वाधिक कमाउने कम्पनी कुथेली बुखरी स्मल हाइड्रो रहेको छ। कम्पनीको सेयरमूल्य ४.९१ प्रतिशतले बढेर ९७० रुपैयाँ पुगेको छ।
त्यस्तै, सिन्धु विकास बैंकको सेयरमूल्य ४.२२ प्रतिशत, स्नो रिभर्सको ४.०५ प्रतिशत, निफ्रा ऊर्जा ऋणपत्रको ३.८८ प्रतिशत, सान्भी इनर्जीको ३.८५ प्रतिशत, विकास हाइड्रोपावरको ३.५८ प्रतिशत, राप्ती हाइड्रोको ३.५० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको ३.४१ प्रतिशत, सिटिजन्स बैंकको ३.३७ प्रतिशत र सामुदायिक लघुवित्तको ३.३१ प्रतिशतले बढेको छ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनी रिज लाइन इनर्जी रहेको छ। कम्पनीको सेयरमूल्य ७.८५ प्रतिशतले घटेर ६६८ रुपैयाँमा कायम भएको छ।
त्यस्तै, आइसीएफसी फाइनान्स डिबेञ्चरको मूल्य २.९० प्रतिशत, प्राइम डिबेञ्चरको २.८६ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.५४ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको २.५४ प्रतिशत, एनसीसी डिबेञ्चरको २.४४ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–२ को २.३६ प्रतिशत, महिला लघुवित्तको २.०९ प्रतिशत, सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशत र प्राइम बैंक डिबेञ्चरको २.०७ प्रतिशतले घटेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।