सोमबार, आश्विन २६,२०८३ 04:29:16
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:29:16
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘बजार सही ट्र्याकमा आउँदैछ, लगानीकर्ताले डर होइन संयम अपनाउनुपर्छ'

Bizshala
सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘बजार सही ट्र्याकमा आउँदैछ, लगानीकर्ताले डर होइन संयम अपनाउनुपर्छ'
New Office

काठमाण्डौ । सोमबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा कायम भएको छ । यसदिन सेन्सेटिभ एन्डेक्स समेत ०.४२ प्रतिशतले वृद्धि भई १५८.१३ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ५ वटा उपसमूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूहमा रातो रङ पोतिएको छ ।  

सर्वाधिक बढ्नेमा व्यापार समूह र बैंकिङ समूह रहेको छ । व्यापारको १.०२ प्रतिशत र बैंकिङ समूहको १.०१ प्रतिशतले बढेको छ ।  

त्यस्तै, विकास बैंक समूह ०.५३ प्रतिशत, फाइनान्स समूह ०.२१ प्रतिशत र जीवन बीमा समूह पनि ०.०५ प्रतिशतले बढेको छ ।  

यता सबैभन्दा बढी घट्ने समूहमा भने होटल तथा पर्यटन समूह रहेको छ । यो समूह ०.८७ प्रतिशतले घटेको छ । साथै हाइड्रो समूह ०.४६ प्रतिशत, लगानी समूह ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०१ प्रतिशत, म्युचुअल फण्ड समूह ०२८ प्रतिशत, निर्जीवन बीमा समूह ०.१२ प्रतिशत र अन्य समूह ०.४२ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार उपेन्द्र पाठकले पुँजीबजार विस्तारै सही ट्र्याकमा फर्किरहेको बताएका छन्।

उनका अनुसार अहिले पनि लगानीकर्तामा ‘लगानी डुब्छ कि’ भन्ने डर कायम छ। सरकारले पुँजीबजार सुधारका लागि आवश्यक काम गरिसकेको अवस्थामा अब लगानीकर्ता आफैं संयमित भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

पाठकले बजारको माहोल राम्रो भए फन्डामेन्टल रूपमा बलिया तथा नियमित लाभांश दिने कम्पनीप्रति आकर्षण बढ्न सक्ने बताए।

उनले मार्जिन कारोबार सुरु भएपछि उधारो कारोबार बन्द गरिनुपर्ने धारणा पनि राखे। “लगानीकर्ता सुदृढ हुँदै गए बजार पनि सुध्रिँदै जान्छ,” उनले भने।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आज सर्वाधिक कमाउने शीर्ष कम्पनी  

आज सर्वाधिधक कमाउनेमा धौलागिरी लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ १४.९९ प्रतिशत अर्थात् सर्किट लेभलमा कारोबार भई मूल्य १२५९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, स्नो रिभर्सको १३.९२ प्रतिशत, बुङ्गल हाइड्रोको ४.७५ प्रतिशत, कामना सेवा विकास बैंक डिबेञ्चरको ४.११ प्रतिशत, सुपर माई हाइड्रोपावरको ३.९८ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ३.२१ प्रतिशत, प्राइम डिबेञ्चरको ३ प्रतिशत, गणपति लघुवित्तको ३ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २.९० प्रतिशत र नेपाल एसबिआई बैंकको २.८२ प्रतिशतले बढेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा रिज लाइन इनर्जी रहेको छ । यो  कम्पनीको मूल्य ६.२९ प्रतिशतले घटेर ६२६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोको ५.४२ प्रतिशत, होटल फरेस्ट इनको ४.०१ प्रतिशत, नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.१४ प्रतिशत, बन्दिपुर केबलकारको २.९२ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको २.८९ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको २.८५ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को २.८० प्रतिशत र एनआइबिएल ग्रोथ फण्डको २.७४ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.