काठमाण्डौ । सोमबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३६० वटा स्क्रिप्टको १ करोड ८ लाख २३ हजार ५९८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सूचीकृत १०५ कम्पनीको सेयरभाउ बढ्दा १६५ कम्पनीको सेयरभाउ घटेको छ । त्यस्तै १० कम्पनीको मूल्य भने तटस्थ रहेको छ ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ समूह राताम्य भएका छन् ।
बढ्ने समूहहरुमा बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूह ०.५७ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत र अन्य समूह ०.८१ प्रतिशतले बढेको छ ।
घट्ने समूहहरुमा फाइनान्स समूह ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२२ प्रतिशत, होटला तथा पर्यटन समूह ०.२२ प्रतिशत, हाइड्रो समूह ०.२८ प्रतिशत, जीवन बीमा समूह ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६७ प्रतिशत, निर्जीवन बीमाा समूह ०.९६ प्रतिशत र व्यापार समूह ०.६३ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले सेयर बजारमा थप गिरावट आउने डर क्रमशः कम हुँदै गए पनि लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा सकारात्मक बन्न नसकेको बताएका छन्।
‘लगानीकर्ताहरू धेरै निराश पनि छैनन् र धेरै आशावादी पनि देखिएका छैनन्। बजारमा अन्योल अझै छ,’ लम्सालले भने, ‘तर बजार निरन्तर घट्ने अवस्था भने रोकिएको जस्तो देखिन्छ। थप गिरावटको भय क्रमशः हराउँदै गएको छ।’
उनले बजारमा सीमित कम्पनीका सेयरमूल्य मात्रै बढिरहेको उल्लेख गर्दै समग्र बजारमा सुधार आउन लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्नुपर्ने आवश्यकता औँल्याए।
‘बजार धेरै तल झरिसकेको छ। अब थप घट्ने ठाउँ पनि खासै देखिँदैन,’ उनले भने, ‘तर बजारले बलियो वृद्धि समात्न लगानीकर्ताको आत्मविश्वास बढ्नुपर्छ।’
उनका अनुसार बजार एउटा निश्चित तहसम्म घटेर पुनः फर्किने प्रयासमा देखिएको छ। यसलाई सकारात्मक सङ्केतका रूपमा लिन सकिने भए पनि तत्कालै ठूलो उछाल आउने अवस्था भने बनिसकेको छैन।
‘बजारमा सकारात्मक सेन्टिमेन्ट विकास हुँदै गएको देखिन्छ। विस्तारै सुधार आउनेमा हामी आशावादी छौँ,’ लम्सालले भने।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा मेन्छियाम हाइड्रो रहेको छ । कम्पनीको सेयरभाउ १०.५८ प्रतिशत बढेर २८३.२० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, माउन्टेन हाइड्रो नेपालको ५.६२ प्रतिशत, बुङ्गल हाइड्रोको ५.४९ प्रतिशत, रावा इनर्जीको ३.८३ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ३.१२ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ३ प्रतिशत, माछापुच्छ्रे डिबेञ्चरको २.९९ प्रतिशत, एनएमबि इनर्जी बण्डको २.९३ प्रतिशत, एनएमबि बैंकको २.४५ प्रतिशत र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको २.३० प्रतिशत बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा भने भिजन लुम्बिनी उर्जा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ८.३३ प्रतिशत घटेर ३१९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ५.८२ प्रतिशत, स्वष्तिक लघुवित्तको ५.७१ प्रतिशत, नेपाल वेयरहाउजिङको ५.०३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३.३७ प्रतिशत, रिज लाइन इनर्जीको ३.३१ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.२५ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ३.१३ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।