सोमबार, मंसिर ७,२०८३ 09:20:25
  • सोमबार, मंसिर ७,२०८३ 09:20:25
Global IME Bank Limited

आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी

Bizshala
आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी
New Office

 

काठमाण्डौ । सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र व्यावसायिक गतिविधिको लागत बढाउने पुराना तथा नियन्त्रणमुखी कानुन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थतन्त्रलाई थप चलायमान बनाउन र व्यवसायमैत्री वातावरण निर्माण गर्न असान्दर्भिक कानुनी व्यवस्था हटाउन लागिएको जानकारी दिएकी हुन्।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक’माथिको छलफलमा मन्त्री गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनका आधारमा कानुनी सुधार अघि बढाइएको बताइन्।

उनका अनुसार आर्थिक गतिविधिमा अनावश्यक नियन्त्रण गर्ने, व्यवसाय सञ्चालनको लागत बढाउने, दुरुपयोगको सम्भावना रहेका तथा वर्तमान आर्थिक परिवेशमा औचित्य गुमाइसकेका कानुनी प्रावधान हटाउने सरकारको उद्देश्य छ।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा समेत पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने प्रतिबद्धता जनाइएको उल्लेख गर्दै उनले सोही नीतिअनुसार विधेयक अघि बढाइएको स्पष्ट पारिन्।

CG Motors
Garima Development Bank
IME remit

पाँच ऐन खारेज गर्ने प्रस्ताव

सरकारले हाल प्रचलनमा रहेका पाँचवटा ऐन खारेज गर्ने प्रस्ताव अघि सारेको छ। जसमा प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, आय टिकट दस्तुर ऐन, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन रहेका छन्।

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र भन्सार ऐनका विभिन्न व्यवस्थामा संशोधन गर्ने तयारी गरिएको छ।

राजस्व चुहावटका मुद्दा सम्बन्धित विभागमा सर्ने

प्रस्तावित कानुनी सुधारअन्तर्गत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन खारेज भएपछि त्यसअन्तर्गत विचाराधीन अनुसन्धान तथा मुद्दा दायर हुन बाँकी उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गरिनेछ।

मन्त्री गौतमका अनुसार आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी उजुरी आन्तरिक राजस्व विभागमा हस्तान्तरण हुनेछन्।

त्यस्तै चोरी, निकासी तथा पैठारीसँग सम्बन्धित उजुरी भन्सार विभागमा पठाइनेछ।

विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी भने विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ११क बमोजिम तोकिएका अनुसन्धान अधिकारीसमक्ष हस्तान्तरण गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

सरकारको यो पहललाई आर्थिक गतिविधिमाथिको अनावश्यक प्रशासनिक नियन्त्रण घटाउने र नियामकीय प्रक्रियालाई सरल बनाउने प्रयासका रूपमा हेरिएको छ। यद्यपि प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउन विधेयकले आवश्यक संसदीय प्रक्रिया पूरा गर्नुपर्नेछ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.