बिहीबार, कार्तिक १२,२०८३ 04:19:00
  • बिहीबार, कार्तिक १२,२०८३ 04:19:00
Global IME Bank Limited

सेयरबजारमा दोहोरो अंकको बढोत्तरी, जानकार भन्छन्, ‘फण्डामेन्टल कम्पनी सक्रिय, बुलिस ट्रेन्डको संकेत’

Bizshala
सेयरबजारमा दोहोरो अंकको बढोत्तरी, जानकार भन्छन्, ‘फण्डामेन्टल कम्पनी सक्रिय, बुलिस ट्रेन्डको संकेत’
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक अन्य समूह २.४५ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०५ प्रतिशत, हाइड्रो समूह ०.३६ प्रतिशत, लगानी समूह ०.२४ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२३ प्रतिशत, निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढेको छ ।  

आजको बजारबारे सेयर बजार विश्लेषक सुवास भट्टराईले लगानीकर्ताको आत्मविश्वास क्रमशः बढ्दै गएको बताएका छन्। सरकारले पूँजीबजार सुधारका लागि विभिन्न नीतिगत व्यवस्था ल्याइरहेको र पछिल्लो समय आधारभूत रूपमा बलिया कम्पनीका सेयर चल्न थालेकाले बजारको गति पनि सन्तुलित बन्दै गएको उनको भनाइ छ।

‘लगानीकर्तामा कन्फिडेन्स बढेको छ। सरकारले पनि पूँजीबजार सुधारका लागि विभिन्न खालका नीतिहरु ल्याइरहेको छ,’ भट्टराईले भने, ‘पछिल्लो समय फन्डामेन्टल रूपमा बलिया कम्पनीहरु चल्न थालेका छन्। यसले बजारलाई एकरूपतामा अघि बढाउन सहयोग गरेको छ।’

दशैंपछिका कारोबार दिनमा बजारको कारोबार रकम अर्थात् भोल्युमसमेत राम्रो देखिन थालेको उल्लेख गर्दै उनले बजारका अधिकांश संकेत सकारात्मक रहेको बताए।

‘सबै कुरा सकारात्मक देखिएको छ। लगानीकर्ताको कन्फिडेन्स पनि विस्तारै बढिरहेको छ,’ उनले भने, ‘यही अवस्था कायम रहे बजार क्रमशः बुलिस ट्रेन्डतर्फ जाने देखिन्छ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रो रहेको छ । कम्पनीको सेयरभाउ १५ प्रतिशतले बढेर ६१७ रुपैयाँ २० पैसा पुगेको छ ।  

त्यस्तै, सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआइसी  एशिया बैंकको ४.६९ प्रतिशत, कालिञ्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत, याम्बालिङ्ग हाइड्रोपावरको ४.४१ प्रतिशत, सिद्धार्थ बैंकको ४.३१ प्रतिशत, श्वेत–गंगा हाइड्रोपावरको ४.२४ प्रतिशत र रुरु जलविद्युत परियोजनाको ३.३८ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Bizshala
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेको छ । कम्पनीको सेयरभाउ ३.६५ प्रतिशतले घटेर १३९७ रुपैयाँ कायम भएको छ।  

त्यस्तै, चिरख्वा हाइड्रोको ३.१४ प्रतिशत, सनराईज ब्लुचिप फण्डको २.८२ प्रतिशत, एचएलआई लार्ज क्याप फण्डको २.७९ प्रतिशत, आरबीसीएलको २.७३ प्रतिशत, आरबीबीएल डिबेञ्चरको २.६७ प्रतिशत, केबीएल डिबेञ्चरको २.३२ प्रतिशत, नेपाल एसबिआई बैंक ऋणपत्रको २.१९ प्रतिशत, एभरेष्ट बैंक डिबेञ्चरको २.१७ प्रतिशत र लिबर्टी इनर्जीको २.१२ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.