काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज ४ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसमूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा अन्य समूह ६.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा समूह ०.१० प्रतिशत, म्युचुअल फण्ड समूह ०.१० प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने बैंकिङ र फाइनान्स समूह रहेको छ । यी दुवै सूचक ०.८२ प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक समूह ०.४४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.७४ प्रतिशत, हाइड्रो समूह ०.६८ प्रतिशत, लगानी समूह ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२० प्रतिशत र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेको छ ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ १५ प्रतिशतले बढेर ९२१.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन रि को ११.४८ प्रतिशत, श्वेत गंगा हाइड्रोको ८.६५ प्रतिशत, घोराही सिमेन्टको ५ प्रतिशत, नेपाल रि पब्लिक मिडियाको ४.९७ प्रतिशत, आरबीबीएल डिबेञ्चरको ४.६१ प्रतिशत, मन्दाकिनी हाइड्रोको ४.४२ प्रतिशत, माया खोला हाइड्रोको ३.१३ प्रतिशत, निफ्रा ग्रिन डिबेञ्चरको ३ प्रतिशत र एनआइसी एशिया ऋणपत्रको २.९९ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक घट्ने स्टक सिभिल बैंक डिबेञ्चर रहेको छ । उक्त स्टककाउ सेयरभाउ ६.३४ प्रतिशत घटेर १२२७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, शिखर पावर डेभलपमेन्टको ३.७४ प्रतिशत, सीवाइसी नेपाल लघुवित्तको ३.३४ प्रतिशत, चिरख्वा हाइड्रोको ३.२६ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशत, स्नो रिभर्सको ३.०४ प्रतिशत, बुटवल पावरको २.९९ प्रतिशत, सनराईज फोकस्ड इक्विटी फण्डको २.९९ प्रतिशत, सानिमा ग्रोथ फण्डको २.८४ प्रतिशत र एसबीएल डिबेञ्चरको २.६१ प्रतिशतले घटेको छ ।
सर्वाधिक कारोबार भएका टप १० कम्पनी
आज सर्वाधिक कारोबार हुने कम्पनीमा श्वेत गंगा हाइड्रो रहेको छ । यो कम्पनीको आज एकैदिन ८५ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, घोराही सिमेन्टको ५१ करोड २४ लाख, हिमालयन रि को ३३६ करोडढ ३ लाख, एनआइसी एशिया बैंकको ३ करोड २८ लाख, घलेम्दी हाइड्रोको २१ करोड ५५ लाख, सानिमा मिडिल तमोरको १८ करोड २९ लाख, शिवम् सिमेन्टको १३ करोड ६१ लाख, ग्लोबल आइएमई बैंकको १२ करोड ९१ लाख, अपि पावरको १२ करोड ४३ लाख र कुमारी बैंकको ११ करोड ९८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।