शुक्रबार, आश्विन ३०,२०८३ 04:46:45
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 04:46:45
Bizshala
Global IME Bank Limited

नेप्से सामान्य बढ्दा कारोबारमा पनि सुधार, चाडपर्वपछि बजार चलायमान हुने अपेक्षा’

Bizshala
नेप्से सामान्य बढ्दा कारोबारमा पनि सुधार, चाडपर्वपछि बजार चलायमान हुने अपेक्षा’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ३३ लाख ६३ हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ८ समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा म्युचुअल फण्ड समूह रहेको छ । यो समूह आज ०.७६ प्रतिशत बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक समूह ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३१ प्रतिशत, हाइड्रो समूह ०.५२ प्रतिशत, जीवन बीमा समूह ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५३ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्नेमा व्यापार समूह ०.५४ प्रतिशतले घटेको छ । साथै निर्जीवन बीमा समूह ०.२९ प्रतिशत, लगानी समूह ०.०८ प्रतिशत, फाइनान्स समूह ०.२५ प्रतिशत र अन्य समूह ०.२९ प्रतिशतले घटेको छ ।  

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरिबहादुर केसीले चाडपर्वपछि सेयरबजारले विस्तारै गति लिन सक्ने बताएका छन्।

उनका अनुसार पछिल्लो समय लगानीकर्ताको ध्यान फण्डामेन्टल रूपमा बलिया कम्पनीतर्फ केन्द्रित हुन थालेको छ। बजारमा छोटो अवधिको उतारचढावभन्दा पनि कम्पनीको वित्तीय अवस्था, आम्दानी क्षमता र आधारभूत पक्ष हेरेर लगानी गर्ने प्रवृत्ति बढेको उनले बताए।

केसीले पूँजीबजारसँग सम्बन्धित नीतिहरू क्रमशः सकारात्मक बन्दै गएको र बजारमा देखिएको ‘क्लोजिङ प्रेसर’समेत कम भइसकेकाले आगामी दिनमा बजारको वातावरण सहज बन्न सक्ने धारणा राखे।

उनले भने, “लगानीकर्ताहरू फण्डामेन्टल कम्पनीमा लगानी गर्न इच्छुक देखिएका छन्। चाडपर्वपछि बजार बढ्न सक्छ, किनकि नीतिहरू एकपछि अर्को गर्दै राम्रो बन्दै गएका छन्। साथै क्लोजिङको प्रेसर पनि सकिएको छ।”

पछिल्ला दिनमा कारोबार रकम पनि क्रमशः बढ्दै जानु र परिसूचकमा सुधार देखिनुलाई उनले बजारमा सकारात्मक संकेतका रूपमा लिएका छन्। कारोबार र सूचक दुवैमा सुधार कायम रहे बजारले पुनः लय समात्न सक्ने उनको भनाइ छ।

केसीका अनुसार बजारको समग्र अवस्था हेर्दा लगानीकर्ताको मनोबल विस्तारै फर्किने संकेत देखिएको छ। यद्यपि बजारको आगामी दिशा कम्पनीको आधारभूत अवस्था, नीतिगत वातावरण, तरलता तथा लगानीकर्ताको मनोविज्ञानलगायत पक्षबाट प्रभावित हुने गर्दछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा चिरख्वा हाइड्रो रहेको छ । यो कम्पनीको सेयरभाउ १४.८२ प्रतिशतले बढेर ५८१ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, बेनी हाइड्रोको १२.४६ प्रतिशत, शुभम पावरको ८.५८ प्रतिशत, एभरेष्ट कलर लिमिटेडको ७.४७ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.७३ प्रतिशत, एशियन हाइड्रोपावरको ४.३३ प्रतिशत, माई खोला हाइड्रोको ४.१३ प्रतिशत, भगवती हाइड्रोको ४.०१ प्रतिशत, श्वेत गंगा हाइड्रोको ३.५८ प्रतिशत र माण्डू हाइड्रोपावरको ३.५० प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यो कम्पनीको सेयरभाउ ४.९८ प्रतिशतले घटेर ४३९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३.१६ प्रतिशत, एबीएल डिबेञ्चरको ३ प्रतिशत, मन्जुश्री फाइनान्सको ३ प्रतिशत, याम्बालिङ्ग हाइड्रोको २.८१ प्रतिशत, टक्सार पिखुवाखोला हाइड्रोको २.६८ प्रतिशत, इङ्वा हाइड्रोको २.५० प्रतिशत, एनआइसी एशिया सेलेक्ट–३० को २.३३ प्रतिशत, माउन्ट एभरेष्ट पावरको २.३२ प्रतिशत र आइसीएफसी फाइनान्स डिबेञ्चरको २.३१ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.