सोमबार, कार्तिक ९,२०८३ 04:18:36
  • सोमबार, कार्तिक ९,२०८३ 04:18:36
Global IME Bank Limited

दशैंपछि सेयरबजारमा सामान्य गिरावट, हाइड्रोको उत्पादन सुधारिँदा बजार छठपछि बढ्ने आशा

Bizshala
दशैंपछि सेयरबजारमा सामान्य गिरावट, हाइड्रोको उत्पादन सुधारिँदा बजार छठपछि बढ्ने आशा
New Office

काठमाण्डौ । दशैंपछि सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँमाथिको सेयर  कारोबार भएको छ ।  

आज ४ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक व्यापार समूह १.११ प्रतिशतले बढेको छ ।  

त्यस्तै, हाइड्रो समूह ०.२४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशतले बढेको छ ।  

बजार जानकार खोमनाथ प्याकुरेलका अनुसार आजको बजारमा कारोबार रकम अर्थात् भोल्युम सकारात्मक देखिएको छ। विशेषगरी जलविद्युत कम्पनीहरूको उत्पादन क्षमता सुधारिएको र बजारमा विस्तारै कारोबारको आकार बढ्दै गएकाले आगामी दिनमा बजारले पनि सोहीअनुसार गति लिन सक्ने उनको अपेक्षा छ।

उनले चाडपर्वको प्रभावका कारण आज बजारमा केही दबाब देखिएको बताउँदै छठ पर्व सकिएपछि बजार बढ्ने सम्भावना बलियो देखिएको उल्लेख गरे। ‘भोल्युम राम्रो छ। हाइड्रोहरूको उत्पादन क्षमता पनि राम्रो भएको छ। बजारमा विस्तारै भोल्युम बढिरहेको छ, त्यसअनुसार बजार पनि बढ्ने आशा छ,’ उनले भने, ‘आजको बजारमा चाडपर्वकै प्रभाव देखिएको हो। छठपछि बजारले गति लिन सक्छ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रोपावर रहेको छ । कम्पनीको सेयर १४.९९ प्रतिशत अर्थात् सर्किट लेभलमा कारोबार भई मूल्य ४०५.९० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको ५.८१ प्रतिशत, सोनापुर मिनरल्सको ५.०७ प्रतिशत, सगरमाथा जलविद्युतको ४.७२ प्रतिशत, घोराही सिमेन्टको ४.४७ प्रतिशत, सानिमा मिडिल तमोर हाइड्रोको ३.८४ प्रतिशत, सानिगाड हाइड्रोको ३.७८ प्रतिशत, सनराईज फर्स्ट म्युचुअल फण्डको ३.७२ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोको ३.६४ प्रतिशत, आरबीबी म्युचुअल फण्ड २ को ३.४६ प्रतिशतले बढेको छ ।  

Garima Development Bank
Bizshala
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा चिरख्वा हाइड्रो रहेको छ । कम्पनीको सेयरभाउ ७.९२ प्रतिशतले घटेर ५३५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, महिला लघुवित्तको ७.५७ प्रतिशत, एसबीएल डिबेञ्चरको ५.९१ प्रतिशत, गुराँस लघुवित्तको ५.८१ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चरको ५.४७ प्रतिशत, प्रभु बैंक डिबेञ्चरको ४.५३ प्रतिशत, एशियनल हाइड्रोपावरको ४.३४ प्रतिशत, एपोलो हाइड्रोको ४.१६ प्रतिशत, शुभम पावरको ४.११ प्रतिशत र एभरेष्ट बैंक डिबेञ्चरको २.९८ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.