बिहीबार, आश्विन २९,२०८३ 03:02:42
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 03:02:42
Bizshala
Global IME Bank Limited

कर्णालीका अर्थमन्त्री सेयरका ठूला खेलाडी, दम्पतीसँग २५ हजार कित्ताभन्दा बढी सेयर

Bizshala
कर्णालीका अर्थमन्त्री सेयरका ठूला खेलाडी, दम्पतीसँग २५ हजार कित्ताभन्दा बढी सेयर
New Office

काठमाण्डौ । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूमध्ये आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सेयर बजारमा सबैभन्दा उल्लेख्य लगानी देखिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री पछाई र उनकी श्रीमती तिला आचार्यको नाममा विभिन्न बैंक, वित्तीय संस्था, बीमा तथा जलविद्युत् कम्पनीका उल्लेख्य परिमाणमा सेयर रहेको छ।

मन्त्री पछाईको आफ्नै नाममा सम्पदा लघुवित्तमा ७२ लाख ३५ हजार ६०० रुपैयाँबराबरको सेयर लगानी रहेको उल्लेख छ। यस्तै कमसम बचत तथा ऋण सहकारीमा उनको २ लाख रुपैयाँ लगानी छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यसबाहेक नबिललगायत विभिन्न वित्तीय संस्थामा मन्त्री पछाईको नाममा कुल ९ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ। ती सेयरको हालको बजार मूल्य भने खुलाइएको छैन।

उनकी श्रीमती तिला आचार्यको नाममा पनि ठूलो परिमाणमा सेयर लगानी छ। आचार्यले एक्सपर्ट हाइड्रोपावरमा २ लाख रुपैयाँ लगानी गरेकी छन् भने आरम्भ चौतारी लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र त्रिशूली जलविद्युत् कम्पनीलगायतमा गरी १६ हजार कित्ता सेयर होल्ड गरेकी छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस आधारमा मन्त्री पछाई दम्पतीसँग कम्तीमा २५ हजार कित्ता सेयर रहेको देखिन्छ। यसमा सम्पदा लघुवित्तको रुपैयाँमा उल्लेख गरिएको लगानीसमेत जोड्दा उनीहरूको पूँजी बजारमा रहेको कुल लगानी अझ ठूलो हुने देखिन्छ।

सम्पत्ति विवरणअनुसार दम्पतीसँग बैंकमा १२ लाख १५ हजार रुपैयाँ मौज्दात छ भने नागरिक लगानी कोषमा करिब ९ लाख १३ हजार रुपैयाँ जम्मा रहेको छ। मन्त्री पछाईले कुनै ऋण नरहेको पनि विवरणमा उल्लेख गरेका छन्।

सार्वजनिक विवरणमा अन्य मन्त्रीहरूको सेयर लगानीबारे भने उल्लेख्य तथ्यांक देखिँदैन। यसले कर्णाली प्रदेश मन्त्रिपरिषद्का सदस्यमध्ये मन्त्री पछाई र उनको परिवार सेयर तथा वित्तीय बजारमा बढी सक्रिय रहेको देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.