काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ मा मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाइएको छ।
मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ का लागि प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गरिएको थियो।
कम्पनीका अनुसार असोज १ देखि ८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएकोमा मागभन्दा बढी इकाईका लागि आवेदन परेको थियो। प्रचलित कानुनबमोजिम योजनाको आकारमा २५ प्रतिशत थप गरी कुल १२ करोड ५० लाख इकाई कायम गरिएको छ।
निष्कासन अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकलाई बुधबार इकाई बाँडफाँड गरिएको मुक्तिनाथ क्यापिटलले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।