बिहीबार, आश्विन २९,२०८३ 05:15:25
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 05:15:25
Bizshala
Global IME Bank Limited

सेयर कारोबार ५३ प्रतिशतले खस्कियो, दुई महिनामा १ खर्ब ८१ अर्बमा सीमित

Bizshala
सेयर कारोबार ५३ प्रतिशतले खस्कियो, दुई महिनामा १ खर्ब ८१ अर्बमा सीमित
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा धितोपत्र बजारको कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आधाभन्दा बढी घटेको छ।

मध्य जुलाईदेखि मध्य सेप्टेम्बरसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कुल १ खर्ब ८१ अर्ब ४५ करोड २७ लाख रुपैयाँबराबरको धितोपत्र कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब ७४ करोड २१ लाख रुपैयाँ थियो।

यस आधारमा एक वर्षमै कुल कारोबार रकम करिब ५३.१ प्रतिशतले घटेको देखिन्छ।

कारोबार रकमका आधारमा यस वर्ष पनि जलविद्युत् समूह सबैभन्दा अगाडि छ। पहिलो दुई महिनामा जलविद्युत् कम्पनीहरूको ८६ अर्ब ६ करोड १२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यद्यपि अघिल्लो वर्षको १ खर्ब ४० अर्ब २ करोड ५९ लाख रुपैयाँको तुलनामा जलविद्युत् समूहको कारोबार करिब ३८.५ प्रतिशत घटेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उत्पादन तथा प्रशोधन समूहमा २३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो वर्ष यही अवधिमा २९ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ कारोबार भएको थियो।

वाणिज्य बैंकहरूको कारोबार पनि उल्लेख्य घटेको छ। अघिल्लो वर्ष ३७ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ कारोबार भएकोमा चालु वर्षको पहिलो दुई महिनामा २० अर्ब २० करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

सबैभन्दा ठूलो गिरावटमध्ये लघुवित्त समूह पनि परेको छ। लघुवित्तको कारोबार ३६ अर्ब ७१ करोड ७१ लाख रुपैयाँबाट घटेर ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा झरेको छ। यो करिब ८३ प्रतिशतको गिरावट हो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, विकास बैंकको कारोबार ३४ अर्ब ४८ करोड रुपैयाँबाट घटेर १० अर्ब ६८ करोड रुपैयाँ, जीवन बीमाको १२ अर्ब ९५ करोड रुपैयाँबाट ३ अर्ब ५७ करोड रुपैयाँ र निर्जीवन बीमाको ८ अर्ब ९ करोड रुपैयाँबाट २ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ।

लगानी समूहको कारोबार पनि २० अर्ब २५ करोड रुपैयाँबाट घटेर ८ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ।

अर्कोतर्फ अधिकांश समूहको कारोबार घट्दा ऋणपत्र कारोबार भने उल्लेख्य बढेको छ। अघिल्लो वर्ष पहिलो दुई महिनामा ३२ करोड ६५ लाख रुपैयाँबराबर ऋणपत्र कारोबार भएकोमा यस वर्ष बढेर २ अर्ब ५१ करोड २८ लाख रुपैयाँ पुगेको छ। यो करिब ६७० प्रतिशतको वृद्धि हो।

समग्र तथ्यांकले चालु आर्थिक वर्षको सुरुआती दुई महिनामा दोस्रो बजारमा लगानीकर्ताको सक्रियता अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा कमजोर बनेको देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.