सेयर कारोबार ५३ प्रतिशतले खस्कियो, दुई महिनामा १ खर्ब ८१ अर्बमा सीमित
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा धितोपत्र बजारको कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आधाभन्दा बढी घटेको छ।मध्य जुलाईदेखि मध्य सेप्टेम्बरसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कुल १ खर्ब ८१ अर्ब ४५ करोड २७ लाख रुपैयाँबराबरको धितोपत्र कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब ७४ करोड...

