सेयरबजारबाट एक वर्षमै गायब भयो रु.१.९४ खर्बको कारोबार, कहाँ गयो पैसा ?
काठमाण्डौ । नेपाली सेयरबजारमा लगानीकर्ताको सक्रियता उल्लेख्य रूपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा कुल ९५ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार गत आर्थिक वर्षको साउनको तुलनामा ६७.०७ प्रतिशत कम हो । गत वर्ष साउनमा नेप्सेमा करिब २ खर्ब ८९ अर्ब ५९ करोड रुपैयाँ बराबरको...

