शनिबार, फाल्गुन १०,२०८१ 08:34:21
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:34:21
IME remit
Global IME Bank Limited

हाइड्रो पछि बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ११३% ले बढ्यो कारोबार रकम

Hyundai Nepal
हाइड्रो पछि बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ११३% ले बढ्यो कारोबार रकम
Nabil Bank Limited

काठमाण्डौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सात महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा सूचीकृत कम्पनीहरुको ३ खर्ब ५४ अर्ब रुपैयाँको सेयर कारोबार भएको हो । 

नेप्सेमा रहेका १३ समूह, बैंकहरुको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी ३ खर्ब रुपैयाँको सेयर कारोबार भएको हो । १३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । माघ मसान्तसम्म हाइड्रोपावर कम्पनीका ३७ करोड ७४ लाख ७८ हजार कित्ता बराबरको १ खर्ब २ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा माघ मसान्तसम्म कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । 

सेयरबजारमा हाइड्रोपावर कम्पनीहरु हाबी हुँदा लगानीकर्ताको नजरमा बढी हाइड्रोको सेयर नै पर्न गएको हो । पछिल्लो समय दोस्रो बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा अल्पकालिन लगानीकर्ता हाबी छन् । बजार जानकारहरुका अनुसार दीर्घकालिन लगानीकर्ताले लाभांश पाउन बढी बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरेका हुन्छन् भने अल्पकालिन लगानीकर्ताले छोटो समयमा बढी नाफा कमाउन हाइड्रोपावर कम्पनीका सेयरमा लगानी गरेका हुन्छन् ।

 तर, विज्ञहरुका अनुसार हाइड्रोपावर जस्ता कम्पनीको सेयरमा अल्पकालिन लगानी गर्दा नाफासँगै लगानी डुब्ने जोखिम पनि उत्तिकै हुन जान्छ । बजार जानकार दामोदर गजुरेलका अनुसार पछिल्लो समय बजारमा प्राविधिक विश्लेषण गर्ने लगानीकर्ताहरुको संख्या बढी छ । कम्पनीको प्राविधिक विश्लेषण गर्न सक्ने लगानीकर्ताले बढी हाइड्रोपावरका सेयरमा नै कारोबार गर्ने गजुरेलको भनाई छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

बजारमा छिरेका टाठाबाठा नयाँ लगानीकर्ता हाइड्रोलाई प्राथमिकतामा राखेर सेयर खरिदबिक्री गर्दा हाइड्रो समूहको सर्वाधिक कारोबार हुन पुगेको उनी बताउँछन् । त्यस्तै, दोस्रोमा कमर्सियल बैंक समूहको सर्वाधिक कारोबार भएको छ । माघ महिनासम्ममा वाणिज्य बैंकहरुको कुल १५ करोड ६९ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४२ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । दीर्घकालिन लगानीका लागि कमर्सियल बैंकको सेयरमा लगानी गर्न उचित हुने केही बजार जानकारहरु बताउँछन् । त्यस्तै, तेस्रोमा जीवन बीमा समूहको सर्वाधिक कारोबार भएको छ । नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीको सात महिनामा ६ करोड ६७ लाख ५४ हजार कित्ता सेयर किनबेच हुँदा ३६ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

 जीवन बीमा समूहको कारोबारबाट सो अवधिसम्म धितोपत्र बजार पुँजीकरणमा १०.४ प्रतिशत हिस्सा कायम गरेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको ३ करोड ५६ लाख २० हजार कित्ता सेयर किनबेच हुँदा सात महिनामा २४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा १२ निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । जीवन र निर्जीवन गरी कुल २४ बीमा कम्पनीको माघ महिनासम्ममा ६० अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रो बजारमा हाइड्रोपावर समूहपछि बीमा समूहका कम्पनीको सेयर सर्वाधिक कारोबार हुनेमा परेको छ । पछिल्लो समय धितोपत्र बजार पुँजीकरणमा समेत बीमा कम्पनीहरुले हिस्सा थपिरहेका छन् । लगानीकर्ताको नजरमा समेत हाइड्रोपछि बीमा कम्पनी पर्न थालेका छन् । 

यसका साथै उत्पादन तथा प्रशोधन समूहका कम्पनीको २९ अर्ब ३३ करोड, अन्य समूहको २१ अर्ब ५० करोड, लगानी समूहको २१ अर्ब ९६ करोड, माइक्रोफाइनान्सको १७ अर्ब ३९ करोड, होटल तथा पर्यटन समूहको १४ अर्ब १४ करोड, विकास बैंकहरुको १८ अर्ब ८१ करोड, वित्त समूहको १२ अर्ब ९२ करोड, व्यापार समूहको २ अर्ब ३६ करोड, म्युचुअल फण्डको १ अर्ब १५ करोड, प्रोमोटर सेयर ८ अर्ब २९ करोड र डिबेञ्चरको १ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ । कुन समूहको कारोबार कति बढ्यो ? नेप्सेमा रहेका १३ समूहमध्ये तीन समूहको कारोबार गत वर्षको तुलनामा यस वर्ष घटेको छ । सर्वाधिक माइक्रोफाइनान्स समूहको कारोबार ४६.४२ प्रतिशतले घटेको छ । गत आवको माघ महिनासम्ममा लघुवित्त समूहको कारोबार ३२ अर्ब ४७ करोड रुपैयाँ बराबरको हुँदा यस आवको माघ महिनासम्ममा जम्मा १७ अर्ब ३९ करोड रुपैयाँको मात्रै भएको छ । 

लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण घट्दै गइरहेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा गरेको कडाईका कारण दोस्रो बजारमा समेत लघुवित्त संस्थाका सेयरहरु कारोबार कम हुन थालेको छ । चालु आवमा अधिकांश लघुवित्त संस्थाले लाभांश नबाँड्ने निर्णय समेत गरेका छन् । साथै उच्च सेयरभाउ रहेका संस्थाहरुको समेत सेयरमूल्य घटेर अन्य कम्पनीको आसपासमा आइसकेको छ । यसकारण पनि लघुवित्त संस्थाहरुको दोस्रो बजारमा चहलपहल हुन छोडेको छ । त्यस्तै, वित्त समूहको पनि कारोबार ३६.४३ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको ७.०७ प्रतिशतले घटेको छ । यता सर्वाधिक होटल तथा पर्यटन समूहको कारोबार ३९४ प्रतिशतले बृद्धि भएको छ ।

 गत आवको यसै अवधिकसम्म २ अर्ब ८६ करोड रुपैयाँको मात्रै कारोबार भएको यस समूहको चालु आवको माघसम्म १४ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा बीमा समूहमा पनि कारोबार ह्वात्तै बढेको देखिन्छ । जीवन बीमा समूहको १९३.४८ प्रतिशत र निर्जीवन बीमा समूहमा ११६.११ प्रतिशतले बृद्धि भएको छ । चालु आवको ७ महिनासम्ममा जीवन बीमा समूहको ३६ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ । 

गत आवको यसै अवधिसम्म १२ अर्ब ५२ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । चालु आवमा चारवटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरी नेप्सेमा सूचीकृत भएका थिए । सूचीकृतपश्चात् नै दोस्रो बजारमा यी चार कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । त्यस्तै, निर्जीवन बीमा समूहको पनि ११६.११ प्रतिशतले कारोबार रकम बृद्धि भएको छ। गत आवमा ११ अर्ब १४ करोड रुपैयाँको मात्रै कारोबार भएको यस समूहको चालु आवमा २४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । समग्रमा बीमा समूहको कारोबार ११३ प्रतिशतले वृद्धि भएको छ । 

दोस्रो बजारमा हाइड्रोपावर पछि लगानीकर्ताको नजरमा बीमा कम्पनी पर्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार ७ महिनामा बीमा कम्पनीहरुको दोस्रो बजारमा उल्लेख्य कारोबार भएको देखिन्छ । यसर्थ पनि बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको बुझ्न सकिन्छ । साथै अन्य समूहको पनि ११० प्रतिशतले कारोबार रकम बृद्धि भएको छ । अन्य समूहमा नेपाल टेलिकम, दुई पुनर्बीमा कम्पनी, नेपाल वेयर हाउजिङ र मुक्तिनाथ कृषि कम्पनीहरु छन् ।

 चालु आवमा हिमालयन रि इन्स्योरेन्सको सेयर सूचीकृत भएपछि सर्वाधिक कारोबारमा आएको थियो । गत वर्ष १० अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको अन्य समूहको चालु आवमा २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । साथै इन्भेष्टमेन्ट समूहको ९८.९७ प्रतिशत, व्यापार समूहको ९२.५० प्रतिशत, म्युचुअल फण्डहरुको ६७.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४४.८१ प्रतिशत, हाइड्रोपावर समूहको २४.८७ प्रतिशत र कमर्सियल बैंकहरुको ६.८७ प्रतिशतले मात्रै कारोबार रकम बृद्धि भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.