बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए रु.३ अर्ब, जीवन र निर्जीवनतर्फ कति ?
काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि ३ अर्ब रुपैयाँ छुट्याएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ जीवन र १४ निर्जीवन कम्पनीले कर्मचारी सेवा सुविधाका लागि ३ अर्ब २ करोड ९५ लाख रुपैयाँ छुट्याएका छन् । यो रकम गत आवको तुलनामा ९.७६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुले कर्मचारी सेवा सुविधाका लागि २ अर्ब ७६ करोड रुपैयाँ...