सोमबार, असार २,२०८२ 02:24:22
  • सोमबार, असार २,२०८२ 02:24:22
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपालको सर्वाधिक कारोबार

Hyundai Nepal
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपालको सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१ विन्दुमा पुगेको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.७४ प्रतिशतले बृद्धि भएको छ ।  

सूचीकृत २६ बीमा कम्पनीमध्ये आज १४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज ४.०२ प्रतिशतले बढेर ७४८ रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, शिखर इन्स्योरेन्सको २.७८ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.०९ प्रतिशत, नेशनल लाइफको ०.८९ प्रतिशत, युनाइटेड अजोडको ०.७६ प्रतिशत, हिमालयन एभरेष्ट र आइजीआई प्रुडेन्सियलको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.६६ प्रतिशत एलआइसी नेपालको ०.६१ प्रतिशत, सिटिजन लाइफको ०.४९ प्रतिशत, आरबीसीएलको ०.४३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४२ प्रतिशत, र सानिमा जिआइसीको ०.२० प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.८८ प्रतिशतले घटेर ४७० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.६० प्रतिशत, सलिकोको १.३७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.७९ प्रतिशत, सन नेपाल लाइफको ०.५२ प्रतिशत, रिलाबयल नेपाल र सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत, हिमालयन लाइफको ०.२८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ घटेको छ । नेपाल इन्स्योरेन्सको सेयरभाउ भने स्थिर रहेको छ ।  

सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को ६ करोड ४० लाख रुपैयाँ र सन नेपाल लाइफको २ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.