नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा रिभर्सलको संकेत
काठमाण्डौ। अघिल्लो दिन ५८ अंकले घटेको बजारमा आज करिब ४० अंकको सुधार आएको छ । आज बजार बढेतापनि कारोबारमा भने सुधार आउन सकेको छैन । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यो प्याटर्न भनेको डार्क क्लाउड प्याटर्नको ठीक विपरित प्याटर्न हो । यदि बढ्दो बजारमा डार्क क्लाउड कभर प्याटर्न बन्छ भने बजार तल जाने सम्भावना रहन्छ ।...