शनिबार, फाल्गुन १०,२०८१ 10:40:04
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:40:04
IME remit
Global IME Bank Limited

मनी फ्लो इन्डेक्समा ९० को तहमा पुग्यो नेप्से, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
मनी फ्लो इन्डेक्समा ९० को तहमा पुग्यो नेप्से, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर तल÷माथि गरेको सेयर बजार अन्त्यमा झिनो अंकले बढेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घटेको छ । प्राविधिक रुपमा बजारलाई विभिन्न  इन्डिकेटरबाट नियाल्दा नेप्से बोलिङ्गरको अपर ब्याण्डसँगै हिडेको छ ।  

मनी फ्लो इन्डेक्समा भने बजार हाल ९० को तहमा पुगेको छ । अन्य इन्डिकेटर भन्दा मनी फ्लो इन्डेक्स बढी विश्वासिलो मानिन्छ । किनकी यसले प्राइस र भोल्युम दुवैलाई प्रतिनिधित्व गर्छ । यसमा ९० भन्दा माथिको तहलाई ओभर बट र २० भन्दा तलको तहलाई ओभर सोल्ड भनेर बुझिन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

जसमा बजार बढ्दा ९० र घट्दा १० लाई थ्रेसहोल्डको रुपमा बुझिन्छ । यसअघि बढ्दा नेप्से धेरै पटक ९५ को तहमा पुगेर खसेको देखिन्छ । यस हिसाबले हेर्दा नेप्से करिब/करिब करेक्सनको नजिक रहेको देखिन्छ । आज २५ सय माथि पुगेको बजार केही करेक्सन भएर पुनः तल खसेर बन्द भएको छ । आरएसआई पनि करिब ओभर बट जोनमा रहेको देखिन्छ । सबै इन्डिकेटरबाट  नियाल्दा बजारमा केही करेक्सन चल्दै गरेको देखिन्छ ।  

पिभट् मार्फत हालको बजारलाई नियाल्दा आज २४८८ विन्दुमा बन्द भएको बजार अझै बढेमा २५१७, २५४९ र २६०४ विन्दुमा क्रमशः प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा भने बजारले २४३१,२४०० र २३७५ विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.