के बजारले सपोर्ट जोनमा ‘डबल बटम’बनाउँदै छ ? प्राविधिक रुपमा कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । अघिल्लो दिन भारी अंकले घटेको बजार सोमबार ४४ अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा तल लामो धागोसहितको ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार घटेको बजारमा ब्रेक लागेको मान्न सकिन्छ । आज इन्ट्रा डे कारोबारमा २५ सयबाट तल खसेको बजारमा अन्त्यमा सुधार आएको छ । अर्थात बजारले यसपटक पनि अघिल्लो पटकको सपोर्ट जोन...