मंगलवार, फाल्गुन २६,२०८२ 08:01:52
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 08:01:52
Bizshala
Global IME Bank Limited

२७९६ बाट फर्कियो बजार, चार्टले देखायो नयाँ बुलिस संकेत

Hyundai Nepal
२७९६ बाट फर्कियो बजार, चार्टले देखायो नयाँ बुलिस संकेत
Shivam Cement

-सुदर्शन शर्मा

 

काठमाण्डौ । नेप्से परिसूचकमा पछिल्ला दुई दिनको कारोबारसँगै बनेको क्यान्डल संरचना र प्राविधिक चार्टले बजारमा तलतिर बलियो समर्थन कायम रहेको संकेत दिएको छ।  

सोमबार करिब १६३ अंकले बढेर २८७५ बिन्दुमा बन्द भएको बजार मंगलबार ३४ अंकको ग्यापसहित २९०९ माथि खुलेको थियो। कारोबारका क्रममा यही स्तर आसपास दिनको उच्च बिन्दु बनेको देखिन्छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यद्यपि बजार खुल्नेबित्तिकै दबाबमा पर्दै नेप्से घटेर २७९६ बिन्दुसम्म झरेको थियो। तर त्यसपछि क्रेता सक्रिय देखिए र बजार पुनः माथितिर फर्कियो। अन्ततः कारोबार बन्द हुँदा नेप्से ३२ अंकले घटेर २८४३ आसपासमा रोकिएको छ।  

दिनभरमा करिब २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा टुप्पीदेखि पुच्छरसम्म झण्डै ११४ अंकको क्यान्डल बनेको देखिन्छ, जसमा लामो तल्लो पुच्छर देखिनु बजार तल झर्दा बलियो खरीद दबाब आएको संकेतका रूपमा हेरिएको छ।

प्राविधिक चार्टमा हेर्दा नेप्से हाल केही समयदेखि बनिरहेको अपट्रेन्ड लाइनमै चलिरहेको देखिन्छ। बजारले यसअघि बनाएको उकालो ट्रेन्डलाइनलाई सम्मान गर्दै माथि बढ्ने प्रयास गरेको छ। पछिल्लो चार्टमा देखिएको फिबोनासी स्तरअनुसार ५० प्रतिशत र ६१.८ प्रतिशतको क्षेत्र आसपास बजारले आधार बनाएको देखिन्छ, जसले करिब २७८० देखि २८०० को क्षेत्रलाई बलियो समर्थन क्षेत्रका रूपमा देखाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विश्लेषणअनुसार बजार २८०० आसपासको क्षेत्रबाट पटक–पटक माथि फर्किएको देखिएकाले यो क्षेत्र तत्कालका लागि प्रमुख सपोर्ट जोन बन्नसक्ने अनुमान गरिएको छ। यदि बजार यही समर्थन क्षेत्रभन्दा माथि टिकिरह्यो भने नेप्सेले पुनः माथिल्लो स्तरतर्फ यात्रा गर्ने सम्भावना बलियो देखिन्छ।

चार्टका आधारमा अहिले बजारका लागि २९१० देखि २९५० को क्षेत्र मुख्य प्रतिरोध (रेजिस्टेन्स) जोनका रूपमा देखिएको छ। नेप्सेले यो स्तर पार गर्न सकेमा आगामी दिनमा बजारले नयाँ उकालो यात्रा सुरु गर्नेछ।

समग्रमा पछिल्ला क्यान्डल संरचना, ट्रेन्डलाइन र फिबोनाची स्तरलाई सँगै हेर्दा बजारमा केही समय अस्थिरता देखिए पनि तलतिर बलियो खरीद दबाब रहेको संकेत मिलेको विश्लेषण गरिएको छ। यही कारण बजारले तत्काल ठूलो गिरावटभन्दा पनि केही उतार–चढावसहित पुनः माथिल्लो दिशातर्फ अघि बढ्ने सम्भावना देखिएको छ।

(नोट: यो विश्लेषण कारोबारका लागि सिफारिस होइन । खरीदबिक्रीको निर्णय लिनुअघि स्वअध्ययन गर्नुहोला)

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.