बजारले अस्वीकार गरिदियो रिलायन्सको महङ्गो सेयर, लगानीकर्ताको ९० करोड बढी सम्पत्ति दुई दिनमै स्वाहा !
काठमाण्डौ । बुक बिल्डिङ विधिमार्फत जारी गरिएको रिलायन्स स्पिनिंग मिल्सको आईपीओले दोस्रो बजारमा प्रवेश गरेको दुई दिनमै ठूलो मूल्य क्षति बेहोर्दा लगानीकर्ताको करिब ९० करोड ५८ लाख रुपैयाँ डुबेको छ। प्रतिकित्ता ९१२ रुपैयाँमा संस्थागत र ८२०.८० रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरिएको सेयर दोस्रो बजारमा झरेर ३२८ रुपैयाँमा कारोबार हुन पुगेपछि आईपीओ मूल्यको ६० प्रतिशतभन्दा...

