पियोर इनर्जी विवादमा गोल्यान समूहका पदाधिकारीलाई २ वर्ष कैद सिफारिसः अढाई महिनादेखि थन्कियो सेबोनमा
काठमाण्डौ । गोल्यान समूहको प्रमुख लगानी रहेको पियोर इनर्जी लिमिटेडको सेयर अभौतिकीकरण(डिम्याट) प्रक्रियामा देखिएको विवादले पूँजी बजारको नियमन प्रणालीमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूलाई भ्रामक सूचना प्रकाशित गरी बजार प्रभावित गरेको आरोपमा २ वर्ष कैद सजाय (वा जरिवाना वा दुवै)का लागि नेपाल...

