बुधबार, फाल्गुन ६,२०८२ 02:02:38
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:02:38
Bizshala
Global IME Bank Limited

पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दर हेरफेर भएन, ‘लगानीकर्ता निराश बन्नुपर्ने कारण छैन’

पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दर हेरफेर भएन, ‘लगानीकर्ता निराश बन्नुपर्ने कारण छैन’
Shivam Cement

काठमाण्डौ । सरकारले पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दरमा हेरफेर गरेको छैन ।  

आगामी आर्थिक वर्षको बजेट प्रस्तुतीपछि संसदमा टेबल भएको सोही आर्थिक वर्षको आर्थिक विधेयकमा धितोपत्र बजार वा यहाँ सक्रिय लगानीकर्ताहरुमा नकारात्मक प्रभाव पर्ने गरी करको दरहरु नचलाइएको हो ।  

बजेटको २ दिनअघि लगानीकर्ताका केही संगठनहरुले संयुक्त विज्ञप्ति जारी अल्पकालीन र दीर्घकालीन लगानीकर्ताहरुबाट असूलिने पूँजीगत लाभकर फरक–फरक गरी व्यवस्था हुनुपर्ने र साबिकको व्यवस्थाभन्दा केही कम कर निर्धारण गरिनुपर्ने माग गरेका थिए । तर, उनीहरुको माग सम्बोधन भएन । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सरकारले पूँजीबजारको विकास र बिस्तारमा ध्यान केन्द्रीत गर्ने उद्देश्यले करको दर नबढाएको अर्थमन्त्री वर्षमान पुनका एक सचिवालय सदस्यले जानकारी दिए । ‘पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने गरी करका दर नचलाइनु र बजेटमार्फत यो क्षेत्रको विकास र विस्तारको कुरालाई प्राथमिकतामा राख्नु नै सरकार यो क्षेत्रप्रति सकारात्मक छ भनेर बुझ्नुपर्छ ।’ ती अधिकारीले भने–‘पूँजीबजारको वृहत्तर विकासका लागि सरकारले गर्ने काम घोषणा भइसकेको छ । लगानीकर्ताका कतिपय माग मौद्रिक नीतिसँग सम्बन्धित छन् ।’

ती अधिकारीले ब्रोकर कमिसन भर्खरै घटेको, बजारको सुधारमा सरकार दत्तचित्त भएर लाग्ने अर्थमन्त्रीबाटै घोषणा भएको र पूँजीबजारमा धेरै प्रभाव पार्ने मौद्रिक नीतिहरु पनि खुकुलो हुँदै गएकोले सेयर बजारका लगानीकर्ता नकारात्मक बन्नुपर्ने कुनै कारण नरहेको समेत दाबी गरे ।  

‘बैंकको ब्याजदर घटेको घट्यै छ । सरकार कर्जा विस्तारलाई बढाउने रणनीतिमा छ । कर्जा विस्तार नभई आर्थिक गतिविधि बढ्दैन । आर्थिक गतिविधि नबढी हामीले लक्ष्यमा राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव हुँदैन ।’ ती अधिकारीले भने–‘६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न पनि पूँजीबजारको विकास र विस्तार नभई हुन्न । यी सबै कुरालाई विश्लेषण गरेरै हामीले धितोपत्र बजारसँग सम्बन्धित करका दर नचलाएका हौं ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.