मंगलवार, आश्विन १३,२०८३ 05:18:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:18:11
Bizshala
Global IME Bank Limited

पर्वत पैयूँ खोला हाइड्रोपावरले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Bizshala
पर्वत पैयूँ खोला हाइड्रोपावरले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
New Office

काठमाण्डौ । पर्वत पैयूँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निश्कासनको प्रक्रिया सुरु गरेको छ ।  

भविष्यमा आईपीओ निश्कासनको उद्देश्यले यो जलविद्युत आयोजनाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनी र क्यापिटलबीच एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै मुक्तिनाथ क्यापिटलले कम्पनीको सार्वजनिक रुपमा शेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउनेछ ।

एक कार्यक्रमबीच पर्वत पैयूँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष राजकुमार बस्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पर्वत पैयूँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको २०% प्रतिशतले हुनआउने अर्थात् १४ करोड रकम बराबरको रु.१०० अङ्कित दरका १४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ । निश्कासनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्रअनुसार शेयर निष्काशन प्रक्रिया अघि बढाइने बताइएको छ।

यो हाइड्रोपावर कम्पनी लिमिटेड २०६५ जेठ २९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको थियो । २०८० असार ३१ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।  

पर्वत जिल्लामा अवस्थित कम्पनीको ३.५ मेगावाट क्षमताको रन–अफ–दि–रिभरमा आधारित चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २०८१ असार ७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.