रिलायन्सको आईपीओविरुद्ध परेको रिटमा सर्वोच्चको आदेश-'कानूनबमोजिम गर्नू', अब के हुन्छ ?
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासनमा भएको लूटको विषयमा सर्वोच्चमा परेको रिटमा अदालतले पुनः अस्पष्ट आदेश दिएको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अधिवक्ता शम्भुकुमार आचार्यले दायर गरेको रिटको सुनुवाई गर्दै ‘कानूनबमोजिम गर्नू’ भन्ने अस्पष्ट आदेश दिएको हो ।

