काठमाण्डौ । भुजुङ्ग हाइड्रोपावरको सेयर आज कारोबारमा आउन सकेन । गत बिहिबार कम्पनीको कुल एक करोड कित्ता सेयर ‘बीजेएचएल’ सिम्बोलबाट सूचीकृत भएको थियो ।
जसअनुसार आजदेखि कम्पनीको सेयर कारोबारमा आउनुपर्ने थियो ।
तर प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर म्याचिङ नभएका कारण अर्थात् प्रि–ओपनिङ सेसनमा निर्धारण गरिएको मूल्यसँग खरिद–बिक्री अर्डरको मूल्य म्याचिङ नहुँदा आज कारोबारमा आउन नसकेको हो ।
सम्भवतः उक्त कम्पनीको सेयर भोलिदेखि कारोबारमा आउनेछ ।

