भुजुङ हाईड्रोपावरको आईपीओ बाँडफाँड, २४.५६ लाख आवेदकको हात खाली
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कुमारी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २५ लाख ७९ हजार ९२० आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ६८०० कित्ता सेयर खरिदका लागि आवेदन...

