काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको पाँचौ वार्षिक साधारण सभा आगामी असोज २२ गते काठमाण्डौको भाटभटेनी(बालुवाटार रोड)मा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
उक्त सभामा अन्य कुनै कम्पनीमा लगानी गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८२/८३ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।