ग्रीन लाइफ हाईड्रोपावरको स्थगित साधारण सभा पुनः आह्वान
काठमाण्डौ । ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यही माघ १९ गते काठमाण्डौको भगवतीबहालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।यसअघि गत माघ २ गते तय भएको कम्पनीको १६ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

