काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छैठौं साधारण सभा आह्वान गरेको हो ।
बैठकले उक्त सभा आगामी चैत २९ गते बिहिबारका दिन रुपन्देहीमा रहेको होटल पौवामा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश गरिने छैन ।
सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारि हुनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।