काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १६ गतेका लागि साधारण सभा डाकेको हो ।
कम्पनीले गत आवका लागि कुनै प्रकारको लाभांश घोषणा गरेको छैन ।
उक्त सभामा गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभाले चालु आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकाले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी फागुन २४ गते एक दिका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।