अपर हेवाखोलाबाट पनि आधारभूत सेयरधनी बाहिरिँदै, एक लाख ३० हजार कित्ता बेच्ने घोषणा
काठमाडौं। सूचीकृत कम्पनीबाट आधारभूत सेयरधनी बाहिरिने क्रम चलिरहेका बेला अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई ठूला सेयरधनीले पनि आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन्।कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई गराएको जानकारीअनुसार आधारभूत सेयरधनी चन्दना कुमारी खड्का र अर्जुनप्रसाद गौतमले कुल एक लाख ३० हजार ६०१ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्।

