काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा २ जना नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा दिपक सापकोटा र रोशनी पौड्याललाई नियुक्त गरेको हो ।
यसअघिका सञ्चालक संचिता गौतम र भिमलाल पौड्यालले संस्थापक सेयरधनी समूहबाट राजीनामा दिएपछि कम्पनीको सञ्चालक पद रिक्त रहेको थियो । उनीहरुको राजीनामा साउन ३१ गतेको बैठकले स्वीकृत गरेको थियो ।