बिहीबार, बैशाख ११,२०८२ 12:19:20
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 12:19:20
IME remit
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिजले डाक्यो एजीएम

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिजले डाक्यो एजीएम
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।  

कम्पनीको तेस्रो साधारण सभा पुस १२ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस्तै सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

शौर्य सिमेन्ट इण्डष्ट्रिज २०७९ असार ३१ गते पब्लिक लिमिटेडमा परिणत भएको कम्पनी हो । यो कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय वासिन्दा र आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गरेको छ ।  

कम्पनीले ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ताका लागि अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्मेन्ट एण्ड बैंकिङ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.